अर्जेन्टिना उक्लियो, इंग्ल्याण्ड झर्यो
काठमाडौं । विश्व फुटबल महासंघ (फिफा)ले नयाँ वरीयता सार्वजनिक गरेको छ । फिफाले आज सार्वजनिक गरेको वरियताअनुसार शीर्ष तीन स्थानमा कुनै परिवर्तन भएको छैन ।
यसअघि झै बेल्जियम शीर्ष स्थानमा छ भने ब्राजिल दोस्रो र फ्रान्स तेस्रो स्थानमा छ ।
अर्जेन्टिना एक स्थान सुधार गर्दै चौथो, स्थानमा उक्लिएको छ ।
यता, इंग्ल्याण्ड भने चौथोबाट पाँचौंमा झरेको छ ।
यस्तै, इटाली छैटौं, स्पेन सातौं, पोर्चुगल आठौं, डेनमार्क नवौं र नेदरल्यान्ड्स १० औँ दसौं स्थानमा कायम छन् ।
नेपालले भने दुई स्थान सुधार गरेको छ ।
नयाँ वरीयताअनुसार नेपाल १६७ स्थानमा रहेकाे छ । यसअघि नेपाल १६९ स्थानमा थियो । नेपालको अंक ९८२ दशमलब २२ रहेको छ ।

ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया