राष्ट्रिय बीमा संस्थानको खुद बीमा शुल्क आर्जन ६.४१ प्रतिशतले बढ्यो

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले खुद बीमा शुल्क आर्जन ६.४१ प्रतिशतले बढाएको छ । संस्थानको चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक वित्तीय विवरणअनुसार कम्पनीले साेही अवधिमा ६ अर्ब ४ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ ।
गत वर्षको सोही अवधिमा कम्पनीकाे खुद बीमा शुल्क आर्जन५ अर्ब ६८ करोड रुपैयाँ थियो । संस्थानले पुस मसान्तसम्ममा तीन करोड रुपैया खुद मुनाफा आर्जन गरेको छ । उक्त मुनाफा गत वर्षको भन्दा १२.१४ प्रतिशतले धेरै हो ।
गत वर्षको सोही अवधिमा २ करोड ६७ लाख रुपैयाँ थियो । संस्थानको दाबी भुक्तानी ३९ प्रतिशतले बढेको छ । यस वर्ष मात्रै संस्थाले २ अर्ब एक करोड रुपैयाँको दाबी भुक्तानी गरेको छ । गत वर्षको सोही अवधिमा भने एक अर्ब ४४ करोड रुपैयाँ दाबी भुक्तानी गरेको थियो ।
संस्थानको चुक्ता पूँजी १८ करोड १० लाख रुपैयाँ रहेको छ । जगेडा कोषमा ३८ करोड ७८ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३८ अर्ब १४ करोड रुपैयाँ जम्मा भएको छ ।
ताजा अपडेट
-
हिमतालको जोखिम घटाउन जिसिएफको पाँच अर्ब अनुदान
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
प्रतिक्रिया