ओलीको स्पष्टोक्ति, ‘सभामुखलाई कारबाही नगरेसम्म संसद् चल्दैन’

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाले पदीय मर्यादाविपरीत संसद् चल्न नदिएको आरोप लगाएका छन् ।
सातै प्रदेशमा स्थानीय चुनाव केन्द्रित कार्यकर्ता प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रमलाई केन्द्रीय कार्यालय थापाथलीबाट भर्चुअल प्रविधिमार्फत शुक्रबार उद्घाटन सम्बोधन गर्दै उनले सभामुखलाई कारबाही नगरेसम्म संसद् चल्न नसक्ने बताए ।
‘सभामुख पदीय मर्यादाविपरित संसद् बैठक स्थगित गर्ने, हामीले कारबाही गरेका १४ सांसदलाई प्रश्रय दिने, एमाले विभाजनमा सहभागी हुने, हाम्राविरुद्ध अदालतमा मुद्दा दायर गर्ने र चुनाव हुन नदिनेजस्ता षड्यन्त्रमा लागेका छन्’, उनले भने, ‘सभामुखलाई कारबाही नभएसम्म संसद् चल्न सक्दैन । सभामुख स्वार्थकेन्द्रित रहेर विदेशी सम्बन्ध विगार्न लागि परेका थिए । यी सबै गतिविधिबाट सभामुखलाई पदमा बस्न उपयुक्त छैन ।’
ताजा अपडेट
-
समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न प्रधानमन्त्रीको आग्रह
-
राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै
-
चितवनका २५ हजारभन्दा बढी परिवार बाढी–पहिरो र डुबानको जोखिममा
-
सबै मिलेर उद्यमशीलताबाट समृद्धि हासिल गर्नुपर्छ : प्रधानमन्त्री ओली
-
मौसमी सागसब्जी बेचेर मासिक दुई लाख आम्दानी
प्रतिक्रिया