कांग्रेसले चुच्चे होइन ‘बुच्चे नक्सा’ प्रयोग गर्दै आएको छ : एमाले अध्यक्ष ओली
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरासहिताको चुच्चे नक्सा प्रयोग नगरेर कांग्रेसले राष्ट्रघात गरेको आरोप लगाएका छन् ।
सातै प्रदेशमा स्थानीय चुनाव केन्द्रित कार्यकर्ता प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रमलाई केन्द्रीय कार्यालय थापाथलीबाट भर्चुअल प्रविधिमार्फतशुक्रबार उद्घाटन सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।
उनले आफ्नो नेतृत्वको सरकारले प्रतिनिधि सभाबाट सर्वसम्मत पारित गरेको चुच्चे नक्सा प्रयोग नगरी कांग्रेसले बुच्चे नक्सा प्रयोग गर्दै आएको दाबी गरे ।
‘कांग्रेसको औपचारिक कार्यक्रममा नेपालको चुच्चे नक्सा प्रयोग गरेको देखिँदैन । उसले पुरानै बुच्चे नक्सा प्रयोग गर्दै आएको छ’, उनले प्रश्न गरे, ‘नेपालको चुच्चे नक्सा संसद्बाट सर्वसम्मत पारित गरी संविधानको अभिन्न अंग बनिसकेको नक्सालाई प्रयोग गर्न सकेको छैन । कांग्रेसले चुच्चे नक्सा प्रयोग नगरी संविधानको अपमान गरेको छ । राष्ट्रियताको अपमान गरी विदेशीसामु झुकेको छ । कांग्रेसलाई भोट दिएर फेरि जनताले किन जिताउने ?’
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया