प्रचण्डको आरोप, ‘राष्ट्रियताको सवालमा ओली गैरजिम्मेवार देखिए’
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियताको विषयमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली गैरजिम्मेवार भएको आरोप लगाएका छन् ।
बिहीबार साँझ दुई नेताबीच भएको टेलिफोन संवादमा प्रचण्डले ओलीलाई यस्तो आरोप लगाएका हुन् । यसको जानकारी प्रचण्डको सचिवालयले आज दिएको हो ।
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) सामान्य आर्थिक सहयोग परियोजना मात्रै नभइ राष्ट्रिय मुद्दा भएकाले समान धारणा बनाउन अध्यक्ष प्रचण्डले फोन गरेको सचिवालयले जानकारी दिएको छ ।
‘अध्यक्ष प्रचण्डले एमसिसी अहिले सामान्य आर्थिक सहयोगको परियोजना मात्र रहेन, यो राष्ट्रिय राजनीतिको मुद्दा बनिसक्यो । यसमा सत्तापक्ष र प्रतिपक्षको मानसिकताबाट माथि उठेर छलफल गरौं । यसमा तपाईं र तपाईंको पार्टीको धारणा स्पष्ट गर्नुस् र यसमा राष्ट्रिय सहमति निर्माण गर्ने कोशिस गरौं । देश अहिले निर्वाचनमा होमिएको र एमसिसीमा दलहरूबीच र राष्ट्रिय रुपमा सहमति बन्ने स्थिति नभएको अवस्थामा सम्बन्धित पक्षसँग यसलाई निर्वाचन पछि लैजाने कुरा गरौं भन्ने प्रस्ताव राख्नुभयो,’ सचिवालयले भनको छ ।
प्रचण्डले सम्झाउँदा पनि ओलीले त्यसलाई गम्भीरतापूर्वक नलिएको सचिवालयको भनाइ छ ।
‘तर एमाले अध्यक्ष ओलीले त्यसलाई गम्भीरतापूर्वक लिनु भएन । उहाँले बरु तपाईंहरूसँग बहुमत छ, पास गर्नुस् । हाम्रो तर्फबाट गैर संसदमा रहदासम्म संसद चल्न भने दिन्नौ भनेर पूरै गैरजिम्मेवार जवाफ फर्काउनु भएको हो । यसबारे अरु कुनै भ्रम रहन जरुरी छैन’, प्रचण्डको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया