NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २९ गते

नेसनल लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क २४ प्रतिशतले बढ्यो

काठमाडौं ।  नेसनल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्ममा खुद बीमाशुल्क संकलन रकम २४ प्रतिशतले बढेको छ । कम्पनीले चालु आवको पुस मसान्तसम्ममा ६ अर्ब ७९ करोड ७७ लाख ९२ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ ।

जुन अघिल्लो आवको सोही अवधिको तुलनामा २४.०२ प्रतिशतले बढी हो । गत आवको दोस्रो त्रैमासिकसम्ममा कम्पनीले ५ अर्ब ४८ करोड १३ लाख २१ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीको बीमांकीय मूल्यांकन अघिको नाफा ३९.०३ प्रतिशतले घटेको छ । कम्पनीले यस अवधिमा १४ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले २३ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

कम्पनीको चुक्तापुँजी ३ अर्ब ३९ करोड ८ लाख ८९ हजार रुपैयाँ पुगेको छ ।

त्यस्तै जगेडा कोषमा एक अर्ब १ करोड २२ लाख ६६ हजार रुपैयाँ, जीवन बीमा कोषमा ४७ अर्ब २१ करोड १२ लाख ३५ हजार रुपैयाँ, र महाविपत्ती जगेडा कोषमा ३१ करोड २३ लाख २१ हजार रुपैयाँ सञ्चित छ ।

कम्पनीले लगानी कर्जा तथा अन्य आयबाट १ अर्ब ६९ करोड ४० लाख रुपैयाँ र बीमालेख धितोमा कर्जाबाट ६ अर्ब ९५ करोड ९३ लाख ९९ हजार रुपैयाँ कर्जा लगानी गरी २७ करोड ४५ लाख ४८ हजार रुपैयाँ आम्दानी गरेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले बीमालेख धितोमा कर्जाबाट ५ अर्ब ७० करोड ३ लाख ८१ हजार लगानी गरी २५ करोड ६५ लाख १७ हजार आम्दानी गरेको थियो ।

कम्पनीले १७ हजार ९ सय ३७ वटा दाबी बापत २ अर्ब ६९ करोड ५० लाख रुपैयाँ भुक्तानी गरेको छ । भने ६१ करोड ४३ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गर्न बाँकी छ । कम्पनीले यस अवधिमा अभिकर्ता कमिशन खर्च शीर्षकमा ७५ करोड ४१ लाख रुपैयाँ खर्चेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ५० पैसा छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १३९ रुपैयाँ ६ पैसा, पिई अनुपात १३० रुपैयाँ २४ पैसा छ ।

ताजा अपडेट

नेपालवाच विशेष