एक हजार १२८ सङ्क्रमित थपिए, १४ को मृत्यु
काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा एक हजार १२८ जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । कुल २० हजार ९८९ नमूनाको परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
सक्रिय सङ्क्रमितको सङ्ख्या २७ हजार ४४१ पुगेको छ । सक्रिय सङ्क्रमितमध्ये २६ हजार ४५० होम आइसोलेसन, ९९१ संस्थागत आइसोलेसन, २०६ आइसियू र ३६ जना भेन्टिलेटरमा रहेका छन् ।
आज दुई हजार २१५ जना सङ्क्रमणमुक्त भएका छन् । कोरोना सङ्क्रमणबाट आज १४ जनाले ज्यान गुमाएका छन् । नेपालमा हालसम्म कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ८७८ पुगेको छ ।

ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया