ओमानमाथि नेपालको ६ विकेटको जित
काठमाडौं । चारदेशीय टि–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत पहिलो खेलमा नेपालले आयोजक ओमानलाई ६ विकेटले हराएको छ ।
एक सय ३६ रनको लक्ष्य पछ्याएको नेपालले तीन बल बाँकी छँदै चार विकेटको क्षतिमा पूरा गर्यो ।
नेपालको जितमा दीपेन्द्रसिंह ऐरीले उत्कष्ट अर्धशतकीय पारी खेले । उनले ५३ बलमा ७३ रन बनाए ।
यस्तै, आरिफ शेखले ३५, ओपनर आसिफ शेखले १४ र ज्ञानेन्द्र मल्लले १३ रन बनाए ।
त्यसैगरी, अर्का ओपनर प्रदीप ऐरी, शरद भेषावकरले समान चार रन बनाए ।

यसअघि, अल अमेरात क्रिकेट ग्राउन्डमा टस हारेर ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३५ मध्यम रन जोडेको छ ।
ओमानलाई मध्यम स्कोरमा समेट्न नेपालका लागि अविनाश बोहराले सर्वाधिक ३ विकेट लिए ।
यस्तै, कप्तान सन्दीप लामिछाने, कमल ऐरी, र आरिफ शेखले एक–एक विकेट हात पारेका थिए ।

ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया