सन्दीपको पहिलो कप्तानीमै जित, परीक्षामा उतीर्ण

काठमाडौं । चारदेशीय टि–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत पहिलो खेलमा नेपालले आयोजक ओमानलाई ६ विकेटले हराएको छ ।
यससँगै कप्तान सन्दीप लामिछानेले राहत महशुस गरेका छन् । सन्दीपले आज पहिलोपटक राष्ट्रिय टोलीको कप्तानी गरेका थिए ।
ग्रेडिङ विवाद भएपछि ज्ञानेन्द्र मल्ललाई बर्खास्त गर्दै नेपाल क्रिकेट संघ (क्यान)ले केही महिनाअघि युवा सन्दीपलाई कप्तानी दिएको थियो ।
सन्दीपको कप्तानीमाथि धेरैले प्रश्नसमेत उठाइरहेका थिए । किनकि, सन्दीप क्लब स्तरमा असफल कप्तान दरिएका छन् ।
यसर्थ, आज सन्दीपले कस्तो नेतृत्व गर्ने हुन् धेरैको प्रतीक्षाको विषय बनेको थियो । त्यसैका लागि सन्दीप आज परीक्षा दिएका थिए । अन्ततः उनी पहिलो परीक्षामै उतीर्ण बनेका छन् ।
ओमानमाथि नेपालको ६ विकेटको जित
पहिलोपटक कप्तानी गर्दै सन्दीप, ओमानविरुद्ध टस जितेर बलिङ रोजे
ताजा अपडेट
-
सडक निर्माणमा भ्रष्टाचार, प्रमुख प्रशासकीय अधिकृतसहित ९ विरुद्ध मुद्दा दायर
-
सरकार र शिक्षकबीच सहमति जुटेन, फेरि अर्को पटक वार्तामा बस्ने
-
दाउन्नेमा वैशाख ३१ सम्म रातिको समयमा सवारी चलाउन रोक
-
प्रतिनिधिससभा बैठक : नागरिक उड्डयन क्षेत्रलाई थप सुरक्षित बनाउन माग
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थलबारे उपसमितिले बुझायो प्रतिवेदन
प्रतिक्रिया