NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

सिके राउतको पार्टीका नेताले गृहमन्त्रीलाई किन भेटे ?

काठमाडौं । डा. सिके राउत नेतृत्वको जनमत पार्टीका नेताहरूले गृहमन्त्री बालकृष्ण खाँणलाई भेटेका छन् ।

पार्टीका उपाध्यक्ष नरेन्द्र चौधरी र महासचिव चन्दन सिंहले आज गृह मन्त्रालयमै गएर गृहमन्त्रीलाई भेटेका हुन् ।

शान्ति पूर्णरूपमा आन्दोलनमा सहभागी आफ्ना पार्टीका नेता कार्यकता पक्राउ परेको दाबी गर्दै उपाध्यक्ष चौधरीले गृहमन्त्रीलाई भेटेर उनीहरूको रिहाइको माग गरेको बताए ।

उखु किसानको आन्दोलनमा साथ दिएको भन्दै पछिल्लो समय मधेस प्रदेशका केही जिल्लामा जनमत पार्टीका कार्यकर्ताले प्रदर्शन गरिरहेका छन् । सोही क्रममा नेता कार्यकर्ता प्रक्राउ परेका थिए ।

आन्दोलन केही हिंसात्मक भएपछि पक्राउ गरिएको सरकारको दाबी छ ।