एसियन लाइफ इन्स्योरेन्सको नाफा १८.०७५ ले घट्यो

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा एसियन लाइफइ इन्स्योरेन्सको खुद नाफा १८.०७५ ले घटेर १४ करोड ४२ लाख ३६ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १७ करोड ६० लाख ५४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
चालु आवकाे ६ महिनामा जीवन बिमा कोषको आकार १८.८८५ ले बढेर २९ अर्ब ३७ करोड ९८ लाख ९५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसैअवधिमा यसको जीवन बिमा कोषमा २४ अर्ब ७१ करोड ३५ लाख ३२ हजार रुपैयाँ थियो ।
एक वर्षको अवधिमा यसको खुद बिमा शुल्क आर्जन ८.२२५ ले बढेर ३ अर्ब ३९ करोड ३९ लाख ६९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ३ अर्ब १३ करोड ६२ लाख ७५ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।
पुस मसान्तसम्म आइपुग्दा यसको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ३५ पैसा र प्रतिसेयर नेटवर्थ १५३ रुपैयाँ ८१ पैसा छ ।
ताजा अपडेट
-
आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आजको मौसमः कोशी र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
-
महिला एसियन कप छनोट चरणबाटै बाहिरियो नेपाल,उज्बेकिस्तान एसियन कपमा छनोट
-
उपाधि जितेको क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले दिए बधाई
-
पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’
प्रतिक्रिया