NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ९ गते

प्राप्त उपलब्धि उल्ट्याउन प्रतिक्रियावादी शक्तिले षड्यन्त्र गरिराछन् : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशी–विदेशी प्रतृक्रियावादी शक्तिहरूले नेपाली जनताको बलिदानीबाट प्राप्त उपलब्धी उल्ट्याउन खोजेको आरोप लगाएका छन् ।

२७ औं जनयुद्ध दिवसको अवसरमा आइतबार भिडियो सन्देश जारी गर्दै उनले प्राप्त उपलब्धी विरुद्ध भइराखेको षड्यन्त्रलाई परास्त गर्नका लागि अगाडि बढ्न नेता तथा कार्यकर्ताहरूलाई अपिल गरेका छन् ।

उनले जनयुद्धबाट प्राप्त उपलब्धिको रक्षाका लागि युद्धमा सहभागी भएका सम्पूर्ण शक्ति र विभाजित माओवादी नेता तथा कार्यकर्तालाई एकजुट हुन आग्रह गरेका छन् ।

‘मुलुकमा संघीयता, धर्मनिरपेक्षता, समावेशी समानुपातिक प्रतिनिधित्व जनयुद्धको योगदानबाट प्राप्त भएको उपलब्धि हो । अहिले देशी–विदेशी प्रतिकृयावादी शक्तिहरू प्राप्त उपलब्धिलाई उल्ट्याउन लागि परेका छन् ।

यी शक्तिहरूलाई परास्त गरी प्राप्त उलब्धिको रक्षा गर्न सम्पूर्ण विभाजित माओवादी शक्तिहरूलाई आह्वान गर्छु’, प्रचण्डद्वारा जारी भिडियो सन्देशमा बताएका छन् ।

नेकपा माओवादीले राज्यसत्ता विरुद्ध २०५२ फागुन १ गते जनयुद्ध नेपालमा जनयुद्ध सुरू गरेका दिनको सम्झनामा हरेक वर्ष जनयुद्ध दिवस मनाउँदै आएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष