प्राप्त उपलब्धि उल्ट्याउन प्रतिक्रियावादी शक्तिले षड्यन्त्र गरिराछन् : अध्यक्ष प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशी–विदेशी प्रतृक्रियावादी शक्तिहरूले नेपाली जनताको बलिदानीबाट प्राप्त उपलब्धी उल्ट्याउन खोजेको आरोप लगाएका छन् ।
२७ औं जनयुद्ध दिवसको अवसरमा आइतबार भिडियो सन्देश जारी गर्दै उनले प्राप्त उपलब्धी विरुद्ध भइराखेको षड्यन्त्रलाई परास्त गर्नका लागि अगाडि बढ्न नेता तथा कार्यकर्ताहरूलाई अपिल गरेका छन् ।
उनले जनयुद्धबाट प्राप्त उपलब्धिको रक्षाका लागि युद्धमा सहभागी भएका सम्पूर्ण शक्ति र विभाजित माओवादी नेता तथा कार्यकर्तालाई एकजुट हुन आग्रह गरेका छन् ।
‘मुलुकमा संघीयता, धर्मनिरपेक्षता, समावेशी समानुपातिक प्रतिनिधित्व जनयुद्धको योगदानबाट प्राप्त भएको उपलब्धि हो । अहिले देशी–विदेशी प्रतिकृयावादी शक्तिहरू प्राप्त उपलब्धिलाई उल्ट्याउन लागि परेका छन् ।
यी शक्तिहरूलाई परास्त गरी प्राप्त उलब्धिको रक्षा गर्न सम्पूर्ण विभाजित माओवादी शक्तिहरूलाई आह्वान गर्छु’, प्रचण्डद्वारा जारी भिडियो सन्देशमा बताएका छन् ।
नेकपा माओवादीले राज्यसत्ता विरुद्ध २०५२ फागुन १ गते जनयुद्ध नेपालमा जनयुद्ध सुरू गरेका दिनको सम्झनामा हरेक वर्ष जनयुद्ध दिवस मनाउँदै आएको छ ।

ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया