NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २६ गते

जनयुद्ध दिवसमा एमाले उपाध्यक्ष बादलको शुभकामना

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले २७औँ जनयुद्ध दिवस शुभकामना दिएका छन् ।

पूर्वमाओवादी नेतासमेत रहेका बादलले जनयुद्ध, जनआन्दोलन लगायतका आन्दोलनको क्रममा देश र जनताको मुक्तिको लागि आफ्नो प्राणको आहुति दिने सबैलाई हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले युद्धको क्रममा शहिद, बेपत्ता, घाइते परिवारप्रति सम्मान व्यक्त गरेका छन् ।

गत फागुन २३ मा सर्वोच्चले नेकपा खारेज गरेपछि उनी एमालेमा लागेका थिए ।

मंसिरको दोस्रो हप्तामा भएको एमालेको १० औं माहाधिवेशनबाट बादल उपाध्यक्षमा निर्वाचित भएका थिए ।