कांग्रेस माओवादी र नेकपा एस मिलेर महाअभियोग दर्ता
काठमाडौं । सत्ता गठबन्धनका सांसद मिलेर प्रधानन्यायधिश चोलेन्द्र शमशेर जबराविरूद्ध महाअभियोग प्रस्ताव दर्ता गराएका छन् ।
सत्तारुढ दल कांग्रेस माओवादी र नेकपा एसका तीन सांसदको प्रस्तावनमा ९५ सांसदले समर्थन जनाउँदै आज ११ बजेर १० मिनेटमा उक्त प्रस्ताव दर्ता भएको हो ।
महाअभियोगको प्रस्ताव दर्ता गराउनका लागि प्रस्ताव गर्नेमा माओवादी केन्द्रका सांसद देव गुरुङ, नेपाली कांग्रेसका सांसद पुष्पा भूसाल र नेकपा एसका सांसद जीवनराम श्रेष्ठ छन् । तीन सांसदको प्रस्तको प्रस्तावनमा अन्य ९५ सांसदले समर्थन जनाएका हुन् ।
उनीहरूले जबराका विरुद्ध कार्यसम्पादनमा असक्षमता देखाएको भन्दै महाअभियोग प्रस्ताव दर्ता गराएका छन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया