NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

कांग्रेस माओवादी र नेकपा एस मिलेर महाअभियोग दर्ता

काठमाडौं । सत्ता गठबन्धनका सांसद मिलेर प्रधानन्यायधिश चोलेन्द्र शमशेर जबराविरूद्ध महाअभियोग प्रस्ताव दर्ता गराएका छन् ।

सत्तारुढ दल कांग्रेस माओवादी र नेकपा एसका तीन सांसदको प्रस्तावनमा ९५ सांसदले समर्थन जनाउँदै आज ११ बजेर १० मिनेटमा उक्त प्रस्ताव दर्ता भएको हो ।

महाअभियोगको प्रस्ताव दर्ता गराउनका लागि प्रस्ताव गर्नेमा माओवादी केन्द्रका सांसद देव गुरुङ, नेपाली कांग्रेसका सांसद पुष्पा भूसाल र नेकपा एसका सांसद जीवनराम श्रेष्ठ छन् । तीन सांसदको प्रस्तको प्रस्तावनमा अन्य ९५ सांसदले समर्थन जनाएका हुन् ।

उनीहरूले जबराका विरुद्ध कार्यसम्पादनमा असक्षमता देखाएको भन्दै महाअभियोग प्रस्ताव दर्ता गराएका छन् ।