महाअभियोगप्रति पूर्वप्रधानन्यायाधीश पराजुलीको टिप्पणी : ‘ढिलाे आयो, कडा आयो’
काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराविरुद्ध संसदमा महाअभियोग दर्ता भएको विषयमा पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीले टिप्पणी गरेका छन् ।
नेपालवाचसँग कुरा गर्दै पराजुलीले जबराविरुद्ध संसदमा दर्ता भएको महाअभियोगलाई स्वागत गरेका छन् । उनले संसदहरुले उठाएको कदम ढिलो भएको तर सकारात्मक भएको बताए ।
‘यो महाअभियोग पहिला नै आइसक्नुपर्थ्याे । धेरै ढिला भएर आयो । तैपनि न्यायालय सुधारमा यसले ठूलो योगदान दिन्छ ।’ पराजुलीले भने ।
प्रधानन्यायाधीश जबराले संविधानभन्दा माथि बसेर सबैलाई तर्साउने, भागबण्डा लिने जस्ता कामहरु गर्दै आएको र त्यसको प्रतिफलमा महाअभियोग आएको बताए । पराजुलीले यो कदमसँगै न्यायालयको गतिरोध अन्त्य हुने बताएका छन् ।
जबरालाई लागेको आरोपलाई विज्ञहरुमार्फत छानविन गरेर न्यायालयभित्र यस्तो विकृती नदोहोरिने वातावरण बनाउनु पर्ने पराजुलीको धारणा छ ।
उनले जबरामाथि छानविन गर्न संसदले आग्रह गरे छानविन समितिमा बसेर काम गर्न आफू तयार रहेको समेत बताएका छन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया