महाअभियोगप्रति पूर्वप्रधानन्यायाधीश पराजुलीको टिप्पणी : ‘ढिलाे आयो, कडा आयो’

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराविरुद्ध संसदमा महाअभियोग दर्ता भएको विषयमा पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीले टिप्पणी गरेका छन् ।
नेपालवाचसँग कुरा गर्दै पराजुलीले जबराविरुद्ध संसदमा दर्ता भएको महाअभियोगलाई स्वागत गरेका छन् । उनले संसदहरुले उठाएको कदम ढिलो भएको तर सकारात्मक भएको बताए ।
‘यो महाअभियोग पहिला नै आइसक्नुपर्थ्याे । धेरै ढिला भएर आयो । तैपनि न्यायालय सुधारमा यसले ठूलो योगदान दिन्छ ।’ पराजुलीले भने ।
प्रधानन्यायाधीश जबराले संविधानभन्दा माथि बसेर सबैलाई तर्साउने, भागबण्डा लिने जस्ता कामहरु गर्दै आएको र त्यसको प्रतिफलमा महाअभियोग आएको बताए । पराजुलीले यो कदमसँगै न्यायालयको गतिरोध अन्त्य हुने बताएका छन् ।
जबरालाई लागेको आरोपलाई विज्ञहरुमार्फत छानविन गरेर न्यायालयभित्र यस्तो विकृती नदोहोरिने वातावरण बनाउनु पर्ने पराजुलीको धारणा छ ।
उनले जबरामाथि छानविन गर्न संसदले आग्रह गरे छानविन समितिमा बसेर काम गर्न आफू तयार रहेको समेत बताएका छन् ।
प्रतिक्रिया