प्रधानन्यायाधीशविरुद्ध छापामारशैलीमा महाअभियोग लगाउनु गम्भीर षड्यन्त्र : एमाले
काठमाडौं । प्रतिपक्षी दल नेकपा ९एमाले०ले आफूसँग कुनै छलफल नगरी सत्ता गठबन्धन दलका सांसदहरूले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग दर्ता गरिएकोमा आपत्ति जनाएको छ ।
कानूनमन्त्री दिलेन्द्रप्रसाद बडूसहित गठबन्धन दलका ९८ जना सांसदले जबराविरुद्ध संसद सचिवालयमा महाअभियोग दर्ता गरिएकोमा आपक्ति जनाएको हो ।
यस विषयमा नेपालवाचसँग प्रतिक्रिया दिँदै एमाले संसदीय दलका उप–नेता तथा उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले गम्भीर विषयमा प्रतिपक्षलाई जानकारी नदिइ सत्तापक्षले प्रधानन्याधीशविरुद्ध महाअभियोग प्रस्ताव ल्याउनु गलत भएको बताए ।
‘सत्तापक्ष, संसद र सिंगो देशलाई जानकारी दिएर निर्वाचनको तयारीमा एमाले सातै प्रदेशमा प्रशिक्षण कार्यक्रममा व्यस्त रहेको अवस्थामा हठात महाअभियोगको कुरा आएको छ । यसले हामीलाई गम्भीर बनाएको छ । यस्तो गम्भीर विषयमा प्रतिपक्षलाई कुनै पनि जानकारी छैन’, नेम्वाङले भने, ‘यसबारेमा हामीले सबै साथीहरूलाई खबर गरेका छौं । अब यसबारेमा छलफल गरेर एउटा निष्कर्षमा पुग्छौं ।’
निर्वाचनको मितिसमेत घोषणा गरिसकेको अवस्थामा प्रधानन्याधीशविरुद्ध महाअभियोग प्रस्ताव ल्याउनुमा कुनै गम्भीर षड्यन्त्र हुनसक्ने उनले आशंका गरोका छन् ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया