जसपाका नेता सुमनले भने, ‘महाभियोगबारे गोप्य सहमति भएको थियो’
काठमाडौं । सत्ता गठबन्धनमा रहेका तीन दलले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद्मा महाभियोग प्रस्ताव दर्ता गरिएको छ ।
सत्तारूढ दलका सांसदले केहीबेर अघि बिहान ११ बजेर १० मिनेट जाँदा जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेका हुन् ।
सत्ता गठबन्धनको नेतृत्व गरिहेको नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का सांसदले महाभियोग दर्ता गराएका हुन् । जसमा ९८ सांसदले हस्ताक्षर छ ।
तीन दलले गठबन्धनका घटक जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाका नेताहङसँग भने छलफल नै नगरी महाभियोग लगाइएको अहिले चर्चा छ ।
राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले पनि आफूहरूसँग छलफलै नगरी तीन दलका सांसदले प्रधानन्याधीशलाई महाभियोग लगाएको बताइन् ।
‘महाभियोग लगाउनुअघि हामीसँग कुनै छलफल भएको थिए । । दर्ता गराएपछि मात्रै हामीलाई जानकारी दिइयो’, नेपालवाचसँग कुरा गर्र्दै उनले भनिन् ।
यता, जसपाका नेता मनीष सुमनले भने प्रधानन्यायाधीशविरुद्ध लगाइएको महाभियोगमा आफ्नो पार्टीको समेत समर्थन रहेको बताए ।
‘प्रधानन्यायाधीशविरुद्ध लगाइएको महाभियोगमा हाम्रो पार्टीको पनि समर्थन छ । यस्तो विषय हल्ला गर्नु हुँदैन भनेर गोप्य राखिएको हो’, नेपालवाचसँग कुरा गर्दै उनले भने, ‘यो पार्टीको संसदीयल दलले निर्णय गर्ने विषय हो । आमी संसदीय दलले गर्ने अधिकार प्रयोगको पक्षमा छौं ।’
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया