एमाले केन्द्रीय सचिवालयको बैठक बस्दै, महाअभियोगबारे छलफल हुने

काठमाडौं । पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न भन्दै प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले केन्द्रीय सचिवालयको बैठक डाकेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि सत्ता गठबन्धनका ९८ जना सांसदले महाअभियोगको प्रस्ताव दर्ता गरेपछि एमालेले आज साँझ ६ बजे केन्द्रीय सचिवालयको बैठक बोलाएको हो ।
एमाले उच्च स्रोतका अनुसार अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आज साँझ बैठक बोलाइएको छ । त्यस्तैगरी सोमबार ११ बजे एमाले संसदीय दलको बैठक नयाँ बानेश्वरमा बस्ने तय भएको छ ।
प्रतिक्रिया