एमाले केन्द्रीय सचिवालयको बैठक बस्दै, महाअभियोगबारे छलफल हुने
काठमाडौं । पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न भन्दै प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले केन्द्रीय सचिवालयको बैठक डाकेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि सत्ता गठबन्धनका ९८ जना सांसदले महाअभियोगको प्रस्ताव दर्ता गरेपछि एमालेले आज साँझ ६ बजे केन्द्रीय सचिवालयको बैठक बोलाएको हो ।
एमाले उच्च स्रोतका अनुसार अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आज साँझ बैठक बोलाइएको छ । त्यस्तैगरी सोमबार ११ बजे एमाले संसदीय दलको बैठक नयाँ बानेश्वरमा बस्ने तय भएको छ ।
ताजा अपडेट
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए
-
कीर्तिपुरमा कारमा आगलागी हुँदा एकजनाको मृत्यु


प्रतिक्रिया