बतासले सञ्चालन गर्दै आएको पशुपति धर्मशालामा बाधा नपुर्याउन अदालतको आदेश
काठमाडौं । बतास फाउण्डेसनले सञ्चालन गर्दै आइरहेको पशुपति धर्मशालाबारे उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
सञ्चालनमा कुनै पनि बाधा नपु¥याउन भन्दै आज न्यायाधीश नरिश्वर भण्डारीको इजलासले आदेश दिएको हो ।
बतास समूह अन्तर्गतको होटल आनन्द प्रालिले पर्यटनमन्त्री प्रेम आलेको निर्देशनमा पशुपति विकास कोषले धर्मशाला सञ्चालनमा अवरोध पु¥याउन खोजेको भन्दै रिट दायर गरेको थियो ।
अदालतले आगामी फागुन ९ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । उक्त छलफलको टुंगो नलागेसम्म त्यहाँ होटल सञ्चालन गर्र्नमा बाधा सिर्जना गर्न पाइने छैन ।
धर्मशालामा विभिन्न अनियमितता भएको औंल्याउँदै मन्त्री आलेको निर्देशनमा उक्त धर्मशालाको सम्झौता रद्द गरिएको थियो ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया