एनआरटी र हिमालयन शेर्पाले बराबरी खेले (अंक तालिकासहित)
काठमाडौं । सहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा न्युरोड टिम (एनआरटी) र हिमालयन शेर्पा क्लबबीच खेल गोलरहित बराबरीमा टुङ्गिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलको निर्धारित समयसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेल गोलरहित बराबरीमा टुङ्गिएको हो ।
खेलको निर्धारित समयसम्म दुवै टोलीले उल्लेख्य खेल प्रदर्शन गर्न सकेनन् । यस बराबरी खेलसँगै एनआरटी १० खेलबाट १४ अङ्क जोडेर सातौँ स्थानमा रहेको छ भने समान खेल खेलको हिमालयन शेर्पा १२ अङ्कका साथ अङ्क तालिकाको आठौँ स्थानमा यथावत् छ ।
लिगको शीर्ष स्थानमा मच्छिन्द्र फुटबल क्लब, दोस्रोमा मनाङ मस्र्याङ्दी क्लब र तेस्रोमा त्रिभुवन आर्मी क्लब छन् ।
हेरौं अंक तालिका :

ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया