जाल्पाको आइपिओ बाँडफाँट, यसरी हेर्न सकिन्छ नतिजा
काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको (साधारणा सेयर) आइपिओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार कुल २७ लाख ९ हजार ८५५ जना लगानीकर्ताले आवेदन दिएकामा २५ लाख ८७ हजार ४१२ जनाको आवेदन मात्र योग्य ठहरिएको थियो ।
आइपिओमा आवेदन दिएकामध्ये ४८ हजार ७९० जना आवेदकले गोलाप्रथाबाट १० कित्ताका दरले सेयर पाएका छन् । आइपिओमा २६ लाख ५९ हजार ५४० जना आवेदकले ३ करोड २६ लाख २० हजार ५८० कित्ताका लागि आवेदन दिएका थिए ।
लगानीकर्ताले बिक्री प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्नेछन् । साथै, जल्पा सामुदायिक लघुवित्त तथा सिडिएस एन्ड क्लियरिङको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट पनि रिजल्ट हेर्न सकिन्छ ।
कम्पनीले माघ २१ देखि २५ गतेसम्म ५ करोड २२ लाख रुपैयाँको ५ लाख २२ हजार कित्ता आइपिओ निष्काशन गरेको थियो । जसमा ८ हजार कित्ता कम्पनीका कर्मचारी र २६ हजार १ सय कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर सर्वसाधारणलाई ४ लाख ८७ हजार ९०० कित्ता निष्काशन गरेको थियो ।
ताजा अपडेट
-
जलविद्युत् आयोजनाको सुरुङमा चलाइएको उद्धार मिसन : कहाँ के हुँदैछ ?
-
२५ सयले बढ्यो सुनको भाउ
-
त्रिशूली–३ ‘ए’ को सुरुङबाट उद्धार गरिएका साह भन्छन्– ‘भित्र सबै सकुशल छन्’
-
त्रिशूली–३ ‘ए’ सुरुङबाट १०औँ दिनमा दुई जनाको जीवितै उद्धार
-
त्रिशूली ३ एको सुरुङबाट कविर महर्जनको पनि सकुशल उद्धार


प्रतिक्रिया