NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

प्रधानन्यायाधीशले निकास नदिएपछि महाभियोग लगाउनुपरेको हो : प्रचण्ड

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले न्याय क्षेत्रमा देखिएको अन्योल, अराजकता र बेथितिलाई निकास दिन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि महाभियोग दर्ता गर्नु परेको बताएका छन् ।

आज जनकपुरधाममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले प्रधानन्याधीश राणाले न्यायालयमा देखिएको समस्याको निकास नदिए बाध्य भएर उनलाई महाभियोग लगाउने अवस्था आएको बताए ।

‘न्यायालयको क्षेत्रमा केही समयदेखि निकै धेरै अन्योल, अराजकता र बेथिति देखा प¥यो, र यो स्वतन्त्र न्यायालयको क्षेत्रमा देखा पर्नु राज्यका लागि र जनताका लागि दुःखद कुरा थियो । बारको तर्फबाट अधिवक्ताहरू र स्वयं न्यायाधीश नै आन्दोलित हुने विचित्र स्थिति नेपालमा देखाप¥यो’, उनले भने, ‘यसको सहज ढंगले निकास होस् भन्ने हाम्रो चाहना थियो । सहज ढंगले संवादको माध्यमबाट सबैले निकासको प्रयास गरुन् भनेर हामीले गठबन्धनको तर्फबाट पहल कदमी ग¥यौं ।’

अध्यक्ष प्रचण्डले सत्ता गठबन्धनको सहमतिबाटै महाभियोग प्रस्ताव दर्ता गरेको स्पष्ट पारे ।