NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

एमाले केन्द्रीय सचिवालयको बैठक बालकोटमा जारी

काठमाडौं । पछिल्लो राजनीतिक परिस्थितिबारे छलफलका गर्न प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले केन्द्रीय सचिवालयको बैठक यतिबेला बसिरहेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि सत्ता गठबन्धनका ९८ जना सांसदले महाअभियोगको प्रस्ताव दर्ता गरेपछि एमालेले आज साँझ केन्द्रीय सचिवालयको बैठक बोलाएको हो ।

बैठक अध्यक्ष केपी शर्मा ओली निवास भक्तपुरको बालकोटमा बसिरहेको छ ।

त्यस्तै सोमबार ११ बजे एमाले संसदीय दलको बैठक नयाँ बानेश्वरमा बस्ने तय भएको छ ।

बैठकमा सहभागीहरूले राजनीतिक वातावरण बिगार्न सत्तारुढ दलहरूले महाभियोग दर्ता गराएको धारणा आइरहेको ओलीनिकट स्रोतले जनाएको छ ।