NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २९ गते

कामु प्रधानन्यायाधीशले बोलाए अनौपचारिक पूर्ण इजलास

काठमाडौं । सर्वोच्च अदालतका  कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले सोमवार अपरान्हको लागि अनौपचारिक फुलकोर्ट (पूर्ण इजलास) बैठक बोलाएका छन् ।

कार्कीले सोमबार साढे १ बजेका लागि औपचारिक छलफल भन्दै पूर्ण इजलासको बैठक बोलाएको सर्वोच्च स्रोतले जनाएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध सङ्घीय संसद् सचिवालयमा महाभियोगको प्रस्ताव दर्ता भएपछि सर्वोच्चका वरिष्ठतम् न्यायाधीश कार्की आजैमात्र कामु प्रधानन्यायाधीश भएका हुन् ।

कानुनतः प्रधानन्यायाधीश जबरा निलम्बित भएपछि स्वतः कार्की कामु भएका हुन् ।

ताजा अपडेट

नेपालवाच विशेष