पाकिस्तानी राजदूतले बालकोट गएर भेटे ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि पाकिस्तानी राजदूत सयेद हैदर साहबीच आज भेटवार्ता भएको छ ।
ओलीलाई भेट्न पाकिस्तानी राजदूत आज भक्तपुरको बालकोट गएका थिए ।
ओली निवासमा आज भएको भेटवार्तामा नेपाल र पाकिस्तानबीचको सम्बन्धका बारेमा छलफल भएको अध्यक्ष ओलीको सचिवालयले जानकारी दिएको छ ।
भेटमा ओलीको प्रधानमन्त्रीकालमा पाकिस्तान र नेपालको सम्बन्धदेखि सार्कलाई थप उचाइमा पु¥याउन सफल भएको बारेमा छलफल भएको बताइएको छ ।
यतिबेला सत्तारुढ दलहरूका सांसदले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद्मा महाभियोग दर्ता गराएका छन् । प्रमुख प्रतिपक्षी एमालेले यसलाई छापामारशैली भनेको छ ।
रातारात भएको यस घटनाले नेपालको राजनीति तरंगित भएको छ । यस्तो अवस्थामा ओलीले पाकिस्तानी राजदूतलाई भेट्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
ताजा अपडेट
-
करारमा नियुक्ति लिन शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस
-
जलवायु परिवर्तनले व्यवसायमा पार्ने असर न्यूनीकरण गर्न चेम्बर र युएनडीपीबी सहकार्य
-
टोयोटाको खुद नाफामा ३५ प्रतिशतको गिरावटको प्रक्षेपण
-
चीनमा १४५ प्रतिशत भन्सार महसुल अहिलेलाई कायमै रहनेछ : ट्रम्प
-
कर्णाली प्रदेश : चुरे संरक्षणलाई प्राथमिकता दिनेगरी योजना तयार गरिँदै
प्रतिक्रिया