पाकिस्तानी राजदूतले बालकोट गएर भेटे ओली
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि पाकिस्तानी राजदूत सयेद हैदर साहबीच आज भेटवार्ता भएको छ ।
ओलीलाई भेट्न पाकिस्तानी राजदूत आज भक्तपुरको बालकोट गएका थिए ।
ओली निवासमा आज भएको भेटवार्तामा नेपाल र पाकिस्तानबीचको सम्बन्धका बारेमा छलफल भएको अध्यक्ष ओलीको सचिवालयले जानकारी दिएको छ ।
भेटमा ओलीको प्रधानमन्त्रीकालमा पाकिस्तान र नेपालको सम्बन्धदेखि सार्कलाई थप उचाइमा पु¥याउन सफल भएको बारेमा छलफल भएको बताइएको छ ।
यतिबेला सत्तारुढ दलहरूका सांसदले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद्मा महाभियोग दर्ता गराएका छन् । प्रमुख प्रतिपक्षी एमालेले यसलाई छापामारशैली भनेको छ ।
रातारात भएको यस घटनाले नेपालको राजनीति तरंगित भएको छ । यस्तो अवस्थामा ओलीले पाकिस्तानी राजदूतलाई भेट्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया