एमालेको ठहर : महाभियोग नियन्त्रित अस्थिरता निम्त्याउने षड्यन्त्र
काठमाडौं । प्रमुख विपक्षी नेकपा (एमाले)ले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोगलाई न्यायपालिका र लोकतन्त्रविरुद्धको षड्यन्त्रपूर्ण कदम भएको ठहर गरेको छ ।
केही बेरअघि सकिएको केन्द्रीय सचिवालयको आकस्मिक बैठकले यस्तो ठहर गरेको हो ।
अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरमा बसेको बैठकले सत्ता गठबन्धनले नेपालमा नियन्त्रित अस्थिरता सिर्जना गर्ने काम गरेको आरोप लगाएको छ ।
सोही उद्देश्यबाट महाभियोग प्रस्ताव ल्याएको ठहर एमालले गरेको बैठकपछि पत्रकारसँग कुरा गर्दै कमहासचिव शंकर पोखरेलले जानकारी दिए ।
महाअभियोगको प्रतिवाद गर्ने र जनतालाई यसको विपक्षमा उभिन आग्रह गर्ने निर्णय गरेको उनले बताए ।
सोमबार बस्ने संसदीय दलको बैठकले महाअभियोगको प्रतिवाद गर्ने सन्दर्भमा महत्वपूर्ण निर्णय गर्नेसमेत उनले जानकारी दिए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया