NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ चैत २९ गते

एमालेको ठहर : महाभियोग नियन्त्रित अस्थिरता निम्त्याउने षड्यन्त्र

काठमाडौं । प्रमुख विपक्षी नेकपा (एमाले)ले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोगलाई न्यायपालिका र लोकतन्त्रविरुद्धको षड्यन्त्रपूर्ण कदम भएको ठहर गरेको छ ।

केही बेरअघि सकिएको केन्द्रीय सचिवालयको आकस्मिक बैठकले यस्तो ठहर गरेको हो ।

अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरमा बसेको बैठकले सत्ता गठबन्धनले नेपालमा नियन्त्रित अस्थिरता सिर्जना गर्ने काम गरेको आरोप लगाएको छ ।

सोही उद्देश्यबाट महाभियोग प्रस्ताव ल्याएको ठहर एमालले गरेको बैठकपछि पत्रकारसँग कुरा गर्दै कमहासचिव शंकर पोखरेलले जानकारी दिए ।

महाअभियोगको प्रतिवाद गर्ने र जनतालाई यसको विपक्षमा उभिन आग्रह गर्ने निर्णय गरेको उनले बताए ।

सोमबार बस्ने संसदीय दलको बैठकले महाअभियोगको प्रतिवाद गर्ने सन्दर्भमा महत्वपूर्ण निर्णय गर्नेसमेत उनले जानकारी दिए ।