प्रधानन्यायाधीश राणा पुनः सर्वोच्चमा फर्किन सक्दैनन् ः अधिवक्ता बिडारी

काठमाडौं । राष्ट्रिय सभाका सांसद एवं अधिवक्ता रामनारायण बिडारीले प्रधानन्यायाधी चोलेन्द्र शमशेर राणा सर्वोच्च अदालत फर्किन नसक्ने दावी गरेका छन् ।
गठबन्धन दलका ९८ जना सांसदहरूले प्रधानन्यायाधीविरुद्ध महाभियोगको बचाउ गर्दै उनले संविधान, कानून र पदीय मर्यादा विपरित राणाले भ्रष्टाचार जन्य काम गरेको आरोप लागएका छन् । ‘उहाँलाई महाभियोग नलगाएको भए न्यायालयको छवि झन धमिलिन्थ्यो ।
संविधान र पदीय मर्यादा विपरित राणाले गतिविधि गरेकाले उनले महाभियोग फेस गर्न सक्ने अवस्था छैन’, नेपालवाचसँग उनले भने, ‘न्यायलय जोगाउन एमालेले पनि महाभियोगको पक्षमा मतदान गर्नुको विकल्प छैन । यदि राणाको पक्षमा मतदान नगरे एमाले भ्रष्टाचारीको मतियार रहेको प्रमाणित हुनेछ । जनतासामु उसको चरित्र उदाङ्गिने छ ।’
त्यस्तै विडारीले सर्वोच्चका चार जना न्यायाधीशलाई एमालेले महाभियोग लगाउन नसक्ने दावी गरेका छन् । ‘चार जना न्यायाधीशलाई के आधारले महाभियोग लगाउने ? मलाई मुद्दा हराएको भनेर महाभियोग लगाउने हो ? यदि महाभियोग प्रस्ताव ल्याए एमाले झनै संकटमा फस्नेछ । त्यस्तो कदम एमालेकै लागि प्रतित्पादक हुनेछ,’ उनको दावी छ ।’
त्यसै उनले सभामुख विरुद्ध महाभियोग प्रस्ताव ल्याएपनि त्यसले कुनै असर नपर्ने दावी गरेका छन् । ‘सभामुख विरुद्ध महाभियोग प्रस्ताव दर्ता गर्न सक्छ तर त्यसले सभामुखको कार्यसम्पादनमा कुनै असर गर्दैन’, उनले भने, ‘संसदमा महाभियोग दर्ता भएपनि आफ्ना कामकारवाही मज्जाले अगाडि बढाउन पाउँछन् ।’
संविधान अनुसार ११ जनाको समिति गठन हुने र त्यसले प्रधानन्यायाधीशबारे छानविन हुने विडारीले बताए ।
ताजा अपडेट
-
गैरकानुनी रूपमा डेटिङ एप तथा क्रिप्टो कारोबारमा संलग्न ५२ जना पक्राउ
-
ललितपुर महानगरपालिका पूर्णखोप सुनिश्चित स्थानीय तह घोषणा
-
अरनिको राजमार्ग बिस्तार : धुलिखेल–साँगा सडकखण्डमा काम रोकियो
-
विश्वकै ठुलो शालिग्राम शिला एक महिनादेखि डुबानमा
-
यसवर्ष करिब ६० हजार जना डेंगुबाट सङ्क्रमित हुने अनुमान
प्रतिक्रिया