NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ चैत २९ गते

एमाले संसदीय दलको बैठक बानेश्वरमा जारी

काठमाडौं । नेकपा (एमाले)को संसदीय दलको आकस्मिक बैठक संसद् भवन नयाँ बानेश्वरमा सुरू भएको छ ।

सत्ता गठबन्धनका एक चौथाइ सांसदले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध महाभियोग प्रस्ताव आइतबार संसद् सचिवालयमा पेश गरेपछि एमालेले आकस्मिक रूपमा संसदीय दलको बैठक बोलाएको हो ।

सरकारले चुनाव नगराउने षड्यन्त्रकासाथ प्रधानन्याधीशमाथि महाभियोग प्रस्ताव ल्याएको एमालेले निष्कर्ष निकालेको छ । सोमबार साँझ बसेको एमाले सचिवालय बैठकले महाभियोगको कडा प्रतिवाद गर्ने निर्णय गरेको थियो ।

‘आजको बैठकले महाभियोगको कडा प्रतिवाद गर्छ । चुनाव नगराउने सरकारको षड्यन्त्र हो’, संगठन विभाग प्रमुख खगराज अधिकारीले भने, ‘संसदीय दलमा यसबारे गम्भीर छलफल गरेर निर्णयमा पुग्छौं ।’

संसद्मा सबैभन्दा ठूलो दल रहेको एमालेको सहयोगविना प्रधानन्यायाधीशमाथि लागेको महाभियोग पारित हुने अवस्था छैन ।