NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ चैत २९ गते

चोलेन्द्रको पक्ष र एमसिसीको विपक्षमा उभिन ओलीलाई रावल र भुसालको आग्रह

काठमाडौं । नेकपा (एमाले)को संसदीय दलको बैठकमा सांसद घनश्याम भुसाल र भीम रावलले प्रधानन्यायाधीश चालेन्द्रशमशेर राणामाथि लागेको महाअभियोगको विपक्षमा जान नसकिने धारणा राखेका छन् ।

संसद भवन नयाँ बानेश्वरमा भर्खरै सकिएको बैठकमा प्रधानन्याधीश राणा र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)को विपक्षमा उभिनुपर्ने धारणा राखेका हुन् । यथास्थितिमा राणा र एमसिसीलाई बोकेर चुनावमा गए राजनीतिक रूपमा गम्भीर धक्का लोग्नेतर्फ नेतृत्वको ध्यानाकर्षण गराएका थिए ।

त्यस्तै एमसिसीको चर्को विरोध गर्दै आएका अर्का सांसद भीम रावलले पार्टीले कुनै हालतमा यसको समर्थन गर्न नहुने तर्क राखेका थिए ।

‘एमसिसी संसद्बाट पारित भए नेपालको राष्ट्रियतामाथि आँच आउनेतर्फ नेतृत्वको ध्यानाकर्षण गराउँछु’, रावलको भनाइ उदृत गर्दै एक सांसदले भने, ‘राष्ट्रघाती एमसिसी बोकेर चुनावमा जान सकिँदैन । एमसिसीलाई तत्काल खारेज गर्नुपर्छ ।’

जवाफमा संसदीय दलका नेता केपी शर्मा ओलीले अहिले मुलुक गम्भीर परिस्थितिबाट अगाडि बढेकाले आवेशमा आएर कुनै निर्णय नगर्ने उनको भनाइ उदृत गर्दै घनश्याम भुसालले सञ्चारकर्मीलाई बताए ।

सत्ता गठबन्धनका एक–चौथाइ सांसदले प्रधानन्यायाधीश राणाविरुद्ध महाभियोग प्रस्ताव आइतबार संसद् सचिवालयमा पेश गरेपछि एमालेले आकस्मिक रूपमा संसदीय दलको बैठक बोलाएको हो । बैठकमा सबै सांसदले बोल्ने समय माग गरेपछि बैठक लम्बिएको थियो ।