प्रधानन्यायाधीश प्रकरणबारे एमाले : कांग्रेस नियोजित षड्यन्त्रको पासोमा फस्यो

काठमाडौं । नेकपा (एमाले)ले नेपाली कांग्रेस नियोजित षड्यन्त्रको पासोमा फसेको निष्कर्ष निकालेको छ । गठबन्धन दलका सांसदहरूले प्रधानन्यायाधी चोलेन्द्रशमशेर राणामाथि सदनमा महाभियोग प्रस्ताव दर्ता गरेपछि सोमबार संसद् भवन नयाँ बानेश्वरमा बसेकोे संसदीय दलको बैठकले उक्त निष्कर्ष निकालेको हो ।
‘महाभियोग स्वतन्त्र न्यायालयमाथिको राजनीतिक हस्तक्षेप गरी आगामी निर्वाचन गडबढी गर्ने योजना भएको बैठकले निष्कर्ष निकालेको छ’, बैठकपछि सञ्चारकर्मीसँग सचिव योगेश भट्टराईले भने, ‘सत्तापक्ष र प्रतिपक्षबीचको सम्बन्धलाई भड्काएर मुलुकलाई असफल राष्ट्रतर्फ धकेल्ने नियोजित षड्यन्त्रमा कांग्रेस फसेको छ । षड्यन्त्रको एमालेले संयमित भएर उपयुक्त समयमा प्रतिवाद गर्ने निष्कर्ष निकालेको छ ।’
एमालेविरुद्ध बनेको शेरबशादुर देउवा नेतृत्वले मुलुकलाई अस्थिरतातर्फ धकेल्न खोजिरहेको, संविधान, लोकतन्त्र र संवैधानिक प्रकृयामाथि हस्तक्षेप गर्न खोजेको तथा मुलुकलाई भिड्न्ततर्फ लान खोजिएको निष्कर्ष निकालेको भट्टराईले जानकारी दिए ।
संविधानले प्रधानन्यायाधीशमाथि महाभियोग लगाउने अधिकार दिएको भए पनि अहिले महाभियोग लगाउन लगाउने आधार नभएको उनले बताए ।
‘एकातिर चुनाव घोषणा भएको, अर्कोतिर एमसिसीले राष्ट्रिय राजनीति पेचिलो बनिरहेको र दलहरूबीच अस्वस्थ खालको द्वन्द्ध भइरहेको छ’, उनले भने, ‘मुलुकलाई सम्हाल्नुपर्ने अवस्थामा कांग्रेसले उत्तेजनामा आएर परिस्थिति भड्काउने अवस्थामा पुगेको हामीले महशुस गरेका छौं । कांग्रेस यस्तो षड्यन्त्रको शिकार किन भइरहेको छ, हामीले बुझ्न सकिरहेका छैनौं ।’
उनले महाभियोग सम्बन्धमा थप अध्ययन र अनुसन्धान गरेरमात्र एमाले थप निष्कर्ष पुग्ने बताए ।
ताजा अपडेट
-
काठमाडौँ महानगरमा कक्षा ११ मा पढ्ने विद्यार्थीका लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला
-
नक्सालमा जनकपुरे माछा
-
किवीखेतीबाट गाउँमै भविष्य खोज्दै युवा
-
ताप्लेजुङमा पहिरोले घर पुरिँदा चार जना घाइते
-
राष्ट्रिय प्रसारण ‘ग्रीड कम्पनी’ र पाँच जलविद्युत् कम्पनीबीच ‘ग्रीड कनेक्सन’ सम्झौता
प्रतिक्रिया