३५ प्रतिशत जनसंख्या बीमाको पहुँचमा, सरकारको लक्ष्य पूरा

काठमाडाैं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमै बीमा पहुँच विस्तारमा सरकारले राखेको लक्ष्य पुरा भएको छ ।
पुस मसान्तसम्ममा म्यादी बीमा र बैदेशिक रोगजार बीमा सहित ३५ प्रतिशत जनसंख्या बीमाको पहुँचमा पुगेको छ । यो सरकारले चालु आवभित्र पुर्याउने लक्ष्य भन्दा १.६७ प्रतिशतले बढी हो ।
सरकारले चालु आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यस आर्थिक वर्ष भित्रै बीमा पहुँच एक तिहाई जनसंख्यामा पुर्याउने घोषण गरेको थियो । बजेट सार्वजनिक गर्दै सरकारले चालु आर्थिक वर्षभित्र ३३.३३ प्रतिशत जनसंख्यामा बीमाको पहुँच विस्तार गर्ने योजना सार्वजनिक गरेको थियो ।
बीमा समितिले बीमाको दायरा विस्तार गर्न तीब्रता दिन थालेपछि बीमा पहुँच विस्तारमा सरकारले राखेको लक्ष्य ६ महिनामै पुरा भएको छ । समितिको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पुसम्ममा म्यादी र बैदेशिक रोजगार जीवन बीमालेखसहित ३५ प्रतिशत जनसंख्या बीमाको दायारमा आएको छ । गत आवको सोही अवधिमा २४.८६ प्रतिशत जनसंख्या बीमाको दायारमा आएको समितिको तथ्यांक छ ।
यस अवधिमा म्यादी र बैदेशिक रोजगार जीवन बीमालेख बाहेक १७.४९ प्रतिशत र म्यादी बीमालेख सहित भने ३१.९७ प्रतिशतमा बीमाको दायरा विस्तार भएको बीमा समितिले जनाएको छ ।
जीवन बीमालेख संख्या (म्यादी र बैदेशिक रोजगार बीमाले बाहेक) ४५.३१ प्रतिशतले बढेर ४५ लाख ८८ हजार २८६ वटा बीमालेख जारी गरेको छ । यसैगरी वैदेशिक रोजगार बीमालेख संख्या २० प्रतिशतले बढेर ९ लाख ९ हजार ९०९ वटा जारी भएका छन् । यसरी पुस मसान्तसम्ममा एक कराेड १० लाख ४१ हजार जीवन बीमालेख जारी भएका छन् । याे गत आवको तुलानमा ४२.९२ प्रतिशतले वृद्धि भएको हो ।
त्यसैगरी पुस मसान्तसम्ममा १४ लाख ८५ हजार नीर्जीवन बीमालेख जारी भएकाे समितिको तथ्यांक छ । याे गत आवकाे तुलानमा २५.६५ प्रतिशतले बढी हो ।
पुस मसान्तसम्ममा देशभर बीमा कम्पनीहरूको कार्यालयकाे संख्या ३ हजार २७९ पुगेको छ भने ११ हजार ७०३ जना बीमा कम्पनीहरूको कर्मचारीको संख्या पुगेको समितिको तथ्यांक छ ।
ताजा अपडेट
-
राष्ट्र बैंकले बढायो सेयर धितो कर्जाको सीमा, १५ करोडबाट २५ करोड पुग्यो
-
समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न प्रधानमन्त्रीको आग्रह
-
राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै
-
चितवनका २५ हजारभन्दा बढी परिवार बाढी–पहिरो र डुबानको जोखिममा
-
सबै मिलेर उद्यमशीलताबाट समृद्धि हासिल गर्नुपर्छ : प्रधानमन्त्री ओली
प्रतिक्रिया