NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असोज २५ गते

बोर्ड अध्यक्षको लागि ३ जनाको नाम सिफारिस

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि तीनजनाको नाम सिफारिसमा परेको छ । सोमबार बसेको सिफारिस समितिको बैठकले बोर्डको अध्यक्षका लागि डा. गोपाल भट्ट, रमेश हमाल र कृष्णराज पोखरेलको नाम सिफारिस गरेको हो।

अब बस्ने मन्त्रिपरिषदको बैठकले यी तीन जनामध्येबाट एक जनालाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने छ । बोर्डको अध्यक्षको लागि १५ जनाको आवेदन परेको थियो । १५ जनाबाट ५ जना हुँदै ३ जनाको नाम छनोटमा परेको छ । ५ जनामध्येसँग गरिएको अन्तर्वार्तामा सहभागीमध्ये निरज गिरी र खगेन्द्र कटुवाल हटेका छन् ।

छनोटमा परेका भट्ट राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक र हमाल पूर्वगैरआवासीय नेपाली हुन् । त्यस्तै पोखरेल बोर्डकै उपकार्यकारी निर्देशक हुन् ।

सर्वोत्तम सिमेन्ट सेयर प्रकरणमा मुछिएपछि बोर्डका तत्कालिन अध्यक्ष भीष्मराज ढुंगानालाई सरकारले जाँचबुझ समितिको प्रतिवेदनका आधारमा असोजमा बर्खास्त गरिसकेको छ । अब बोर्डमा अध्यक्ष हुनेले २ वर्ष काम गर्न पाउनेछन् ।

ताजा अपडेट

नेपालवाच विशेष