७२ लाख जरिवाना तोकिएका व्यक्ति अदालतमा पेस

काठमाडौं । बैंकिङ कसुर मुद्दामा दोषी ठहर भई रु ७२ लाख जरिवाना तोकिएका एक व्यक्तिलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आज अदालतमा पेस गरेको छ । उच्च अदालत पाटनको गत मङ्सिर २४ गतेको फैसलाले तनहुँ घर भई काठमाडौंको सोह्रखुट्टे बस्ने एमएम कन्स्ट्रक्सनका सञ्चालक ३२ वर्षीय सुरज गुरुङलाई २४ दिन कैद र ७२ लाख जरिवाना हुने फैसला सुनाएको थियो । त्यसपछि उनी फरार हुँदै आएका थिए ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि आज ललितपुर जिल्ला अदालतमा पेस गरिएको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महत्तोले जानकारी दिए । उनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी पीडितलाई झुक्यानमा पारी बैंक खाताबाट भुक्तान हुने भनी चेक दिएको ठहर गरी उच्च अदालत पाटनले उक्त फैसला गरेको थियो ।
यसैबीच बैंकिङ कसुर सम्बन्धीकै अर्को मुद्दामा सिन्धुपाल्चोक घर भई काठमाडौं महानगरपालिका–३१ तीनकुने बस्ने ३६ वर्षीय सुमित भण्डारीलाई पनि आजै प्रहरीले पक्राउ गरेको छ । उनलाई विसं २०७७ मङ्सिर १३ गतेको फैसलाले ५ दिन कैद र रु नौ लाख ७३ हजार जरिवाना ठहर भएको थियो । उनलाई लाजिम्पाटमा फेला पारी आजै फैसला कार्यान्वयनका लागि अदालतमा पेस गरिएको छ ।
ताजा अपडेट
-
हैजा रोग नियन्त्रणका लागि काठमाडौँ महानगर क्षेत्रमा जनचेतनामूलक कार्यक्रम
-
नेपालमा लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह
-
हुम्लाका तीन स्थानीय तहका विभिन्न बस्तीमा टेलिफोन सेवा अवरुद्ध
-
कर्णाली राजमार्गमा ठूला सवारीसाधन सञ्चालनमा रोक
-
चिरखुवा खोलामा साढे पाँच करोडमा पक्की पुल
प्रतिक्रिया