NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

कांग्रेस संसदीय दलको बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैछ ।

संसद् भवनस्थित ल्होत्से हलमा अहिले बिहान ९ बजेका लागि बैठक बोलाइएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसदमा पेश गरिएको महाभियोग प्रस्तावबारे छलफल हुने नेताहरूले बताएका छन् । आइतबार सत्तासीन दलले प्रतिनिधिसभामा प्रधानन्यायाधीश जबराविरुद्ध छापामार शैलीमा महाभियोग प्रस्ताव दर्ता गराएका थिए ।

जबराविरुद्ध महाभियोग दर्ताप्रति प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको असन्तुष्टि छ ।