प्रधानन्यायाधीशमाथिको महाअभियोगबारे बोले डा. शेखर
काठमाडौं । कांग्रेस नेता डा. शेखर कोइराला प्रधानन्यायाधीशमाथिको महाअभियोगबारे खुलेर बोलेका छन् । विराटनगरमा सोमबार भएको कार्यक्रममा कोइरालाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले न्यायालयमा विवाद बढाएकोले महाअभियोग लगाउनुपरेको बताएका हुन् ।
नोना कोइराला स्मृति प्रतिष्ठानले गरेको कार्यक्रममा कोइरालाले न्यायालयमा निरन्तर विवाद देखिंदा पनि राणाले निकासको कुनै पहल नगरेको बताए । समस्या समाधानको लागि आफूहरुले सुझाव दिए पनि नमानेकोले महाअभियोगमै जानुपरेको उनले प्रष्ट्याए ।
नेता कोइरालाले प्रधानन्यायाधीशमात्रै नभएर प्रधानमन्नी, सभामुखसहितका जिम्मेवार पदमा बस्ने पनि उत्तिकै जवाफदेही हुनुपर्ने बताएका छन् । लोकतन्त्रलाई बलियो बनाउन विधिसम्मत चल्नुपर्ने उनले बताए । महाअभियो पारित गर्न चाहिने मतका विषयमा पनि कोइरालाले खुलेर प्रतिक्रिया दिएनन् ।
कांग्रेसको १४ औं महाधिवेशनमा कोइराला सभापतिमा शेरबहादुर देउवासँग पराजित भएका थिए । त्यसयता प्रधानमन्त्री एवं पार्टी सभापति देउवाका हरेक कदममा आलोचनात्मक टिप्पणी गर्दै आएका कोइरालाले प्रधानन्यायाधीश राणाविरुद्धको महाअभियोगमा भने देउवालाई साथ दिएका हुन् ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया