NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २९ गते

सञ्चालनमा आयो ई-कमर्श ब्राण्ड हब ‘भेषभूषा’

काठमाडौं । सौन्दर्य, फेसन र जीवनशैलीसँग सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डहरु पाइने इ-कमर्स ब्राण्ड हब ‘भेषभूषा डटकम’ सञ्चालनमा आएको छ ।

सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच महानायक राजेश हमालले ‘भेषभूषा डटकम’को उद्घाटन  गरेक हुन् । स्वदेशी तथा विदेशी प्रख्यात ब्राण्डका सौन्दर्य, फेसन र जीवनशैलीसँग सम्बन्धित सामान बिक्री गर्ने लक्ष्यसहित भेषभूषा सञ्चालनमा आएको कम्पनीले जनाएको छ ।

कम्पनीका अध्यक्ष दिपक पाण्डे, मेगा बैंककी डेपुटी सीईओ रविना देशराज श्रेष्ठ, आर्थिक पत्रकार समाजका अध्यक्ष जनार्दन बराललगायतको उपस्थितिमा सो अनलाइन प्लेटफर्म सार्वजनिक गरिएको हो । अध्यक्ष पाण्डेले तत्कालका लागि काठमाडौं उपत्यकामा मात्रै सेवा उपलब्ध भए पनि ४ महिनाभित्र देशका प्रमुख ७ शहरमा सेवा उपलब्ध गराइने बताए । त्यस्तै केही वर्षभित्र विदेशमा पनि नेपाली सामान अनलाइन प्लेटफर्म मार्फत पुर्‍याइने उनको दाबी छ । विदेशी ब्राण्ड नेपालीलाई उपलब्ध गराउने मात्रै होइन स्वदेशी ब्राण्ड विदेशमा पनि पुर्‍याउने भेषभूषाको लक्ष्य रहेको छ ।

नविनतम् शैली र सेवाहरुमार्फत ग्राहकहरुको सोच, आवश्यकता र चाहनाअनुरुप खरिद, बिक्री र परामर्शको एकीकृत संञ्जालमार्फत गुणस्तरीय सामानहरुलाई उत्कृष्ट बिक्री माध्यम तथा विश्व स्तरीय अत्याधुनिक सेवा प्रणालीमार्फत् उपभोक्ताहरूसँग जोडिने भेषभूषाका प्रबन्ध निर्देशक अनिल बन्जराले बताए ।

देशैभरि सौन्दर्य तालिम तथा प्रतियोगिता, पहिरनसँग जोडिएर आउने सिप र व्यक्तित्व निखारताको परामर्श सेवा सँग-सँगै अन्य थुप्रै रचनात्मक प्रयासहरु सहित देशैभरि आफ्नो सेवा क्षेत्र बिस्तार गर्दै सौन्दर्य, फेशन र जीवन शैलीका नयाँ–नयाँ ज्ञान र विकसित नविनतम् शैलीबारे सचेत तुल्याउँदै आम उपभोक्ताहरुको जीवन थप सभ्य र भब्य बनाउन सहयोग पुर्‍याउँदै अगाडि बढ्ने कम्पनीले प्रेषित गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

भेषभूषा डटकमकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) तृष्णा आचार्यका अनुसार विश्व प्रख्यात ब्राण्डहरुको नेपालमा पहिलो डिजिटल प्लेटफर्मको सुरुवात भएको हो । भेषभूषा डटकमको अनलाइन र अफलाइन सेवा संयन्त्रमार्फत खरिद, परामर्श र अन्तरक्रियाको काम पनि हुने सीईओ आचार्यले बताइन् ।

हुलास वेलनेस, केटीएम क्वीन्स, गोल्ड स्टार, इमेजलगायतका नेपाली १६ वटा र अन्तर्राष्ट्रिय एडिडास, लिभाइज, रिवोक, पिक लगायतका १८ वटा ब्राण्ड गरी सुरुवातमा ३४ वटा ब्राण्डका सामान बिक्री गर्ने जनाइएको छ । जहाँ २१ प्रकारका फेसन सम्वन्धी, ४ प्रकारका लाइफ स्टाइलसम्बन्धी र ९ वटा ब्राण्ड ब्युटीसँग सम्वन्धित रहेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष