यस्ता छन् माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकका सम्भावित एजेण्डा
काठमाडौं । पटक–पटक स्थगित हुँदै आएको नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक फागनु ८ मा बस्ने तयारी भएको छ ।
पुस १८ मा काठमाडौंमा भएको ८ औं महाधिवेशनले २३६ जनाको अपुरो केन्द्रीय कमिटी गठन गरेको थियो ।
महाधिवेशनपछि १९ मा ललितपुर सानेपामा बसेको पहिलो केन्द्रीय कमिटी बैठकले अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई पुनः अध्यक्षमा चयन गरे पनि अन्य पदाधिकारी चयन गर्न सकेको छैन । त्यसयता लगातार बैठक स्थगित हुँदै आएको छ ।
यस्ता छन् सम्भावित एजेण्डा :
-एमसिसीको विषयमा पार्टीको आधिकारिक धारणा तय गर्ने ।
-प्रधानन्यायाधी चोलेन्द्रशमशेर राणामाथिको महाभियोगको सम्बन्धमा पार्टीको रणनीति तय गर्ने ।
-सरकारको तर्फबाट एमसिसी सदनमा टेबुल भएको खण्डमा पार्टीको भूमिकाबारे छलफल गर्नेपदाधिकारी चयन गर्ने ।
-स्थानीय चुनावको तयारी सम्बन्धमा आवश्यक निर्णय लिने ।
-पछिल्लो पटक विकसित राजनीतिक घटनाक्रमबारे समीक्षा गरी निष्कर्ष निकाल्ने ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया