NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

एमसिसी संसद्मा टेबल गर्न सरकारलाई अनुरोध गर्ने कांग्रेस संसदीय दलको निर्णय

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठकले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) संसद्मा टेबल गर्न सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

संसदीय दलको बैठकले सरकारलाई एमसिसी अघि बढाएर संसदबाट अनुमोदन गराउन अनुरोध गर्ने निर्णय गरेको एक सांसद गगन थापाले बताए ।

बैठकमा कांग्रेस सांसदहरूले एमसिसीमा केन्द्रित रहेर धारणा राखेका थिए । परराष्ट्रमन्त्री डा. नारायण खड्का र पूर्वअर्थमन्त्री डा. रामशरण महतले एमसिसीबारे सांसदहरूलाई ‘ब्रिफिङ’ गरेको बताइएको छ ।