NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असोज २४ गते

सेयर बजारमा हरियाली, ५३ अंकले बढ्यो

साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजारमा हरियाली छाएको छ । नेपाल स्टक एक्सेञ्ज (नेप्से) का अनुसार ५३.३० अंकले वृद्धि भएर २७५४.२८ बिन्दुमा पुगेको छ ।

मंगलबार सेन्सेटिभ इन्डेक्स १०.८३ अंकले बढेर भएर ५२२.१३ बिन्दुमा पुगेको छ। आज कारोबारमा आजएका १३ उपसमूमा हरियाली छाएको छ । आज २२४ कम्पनीको ६३ लाख ४३ हजार २२८ कित्ता सेयर खरिद बिक्री हुँदा तीन अर्ब २३ कराेड ३३ लाख १८ हजार ६१४ रूपैयाँ बराबरको कारोबार भएको छ ।

नेप्सेमा सूचीकृत १३ उपसमूहमध्ये आज सबैभन्दा  बढी हाइड्राेपावरकाे सेयरमूल्य बढेको छ । हाइड्राेपावरकाे सेयरमूल्य ४.३२ प्रतिशतले बढेको हाे । यस्तो छ अन्य उपसमूहरूको सेयर मूल्य :

ताजा अपडेट

नेपालवाच विशेष