NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

कांग्रेस सांसदलाई देउवाको निर्देशन : एमसिसीबारे हौवा फैलाइयो, प्रतिवाद गर्नुस्

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)बारे हौवा फैलाइएकाले त्यसको प्रतिवाद गर्न आफ्नो पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन् ।

संसद् भवन नयाँ बानेश्वरमा आज बसेको कांग्रेस संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री देउवाले एमसिसी राष्ट्रहितमा रहेकोले जसरी भए पनि पारित गर्नुपर्ने बताए ।

सो अवसरमा उनले बुधबार नै संसद्मा एमसिसी टेबल गर्ने तयारी रहेको जानकारी दिँदै यसको पक्षमा बोल्न सांसदहरूलाई निर्देशन दिए ।

यसैबीच, कांग्रेसको संसदीय दलको बैठकले एमसिसी संसद्मा टेबल गर्न सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

संसदीय दलको बैठकले सरकारलाई एमसिसी अघि बढाएर संसदबाट अनुमोदन गराउन अनुरोध गर्ने निर्णय गरेको एक सांसद गगन थापाले बताए ।