कांग्रेस सांसदलाई देउवाको निर्देशन : एमसिसीबारे हौवा फैलाइयो, प्रतिवाद गर्नुस्
काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)बारे हौवा फैलाइएकाले त्यसको प्रतिवाद गर्न आफ्नो पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन् ।
संसद् भवन नयाँ बानेश्वरमा आज बसेको कांग्रेस संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री देउवाले एमसिसी राष्ट्रहितमा रहेकोले जसरी भए पनि पारित गर्नुपर्ने बताए ।
सो अवसरमा उनले बुधबार नै संसद्मा एमसिसी टेबल गर्ने तयारी रहेको जानकारी दिँदै यसको पक्षमा बोल्न सांसदहरूलाई निर्देशन दिए ।
यसैबीच, कांग्रेसको संसदीय दलको बैठकले एमसिसी संसद्मा टेबल गर्न सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
संसदीय दलको बैठकले सरकारलाई एमसिसी अघि बढाएर संसदबाट अनुमोदन गराउन अनुरोध गर्ने निर्णय गरेको एक सांसद गगन थापाले बताए ।
ताजा अपडेट
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन


प्रतिक्रिया