NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

एकैदिन ७ जनाद्वारा आत्महत्या

काठमाडौँ । पछिल्ला दिनमा आत्महत्या गर्नेहरुको संख्यामा बृद्धि भएको छ । नेपाल प्रहरीको तथ्यांक हेर्दा आत्महत्या गर्नेको संख्या बृद्धि हुँदै गएको देखिएको हो ।

दुर्घटनामा परेर मृत्यु हुनु फरक विषय हो । तर जानीजानी मृत्युको बाटो रोज्नुलाई सहज विषय मानिदैन । स्वेच्छाले जीवन अन्त्यको बाटो रोज्नेहरुको संख्या बढ्दै गएकोमा सुरक्षा निकायहरुले चिन्ता व्यक्त गर्दै सरकारलाई विवरणहरु बुझाउँदै आएको छ ।

पछिल्लो २४ घण्टाभित्रमात्रै ७ जनाले मृत्युको बाटो रोजेका छन् । हिजो साँझ उदयपुर त्रियुगा नगरपालिका वडा नं १० बस्ने उद्धव राउतले आत्महत्या गरेका छन् । अन्दाजी ३४ बर्षका राउतले मन्दिरपरिसरभित्रको रुखको हाँगामा सलको पालो लगाएर आत्महत्या गरेका हुन् । राउत रौतामाई गाउँपालिका ४, पोखरीका बासिन्दा हुन् ।

यस्तै रौतहटका रंजितकुमार महराले पनि आत्महत्या गरेका छन् । रौतहटको माधवनारायण नगरपालिका वडा नं ३ भेलही बस्ने अन्दाजी १८ बर्षका महराले आत्महत्याको बाटो रोजेका हुन् । उनी आफ्नै कोठामा साडीको पासोमा झुण्डिरहेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

यस्तै कैलालीस्थित घोडाघोडी नगरपालिका वडा नं ७ करैचाका कौसिला साउदले पनि आत्महत्या गरेकी छिन् । अन्दाजी ४० बर्षकी उनी आफ्नै कोठामा डोरीको पासोमा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।

प्रहरीले मोरङको केराबारी गाउँपालिका वडा नं ५ की अनिता परियारले पनि आइतबार आत्महत्या गरेको रिर्पोटमा उल्लेख गरेको छ । बर्ष २८ की परियारले घर नजिकैको रुपमा पासो लगाएर आत्महत्याको बाटो रोजेकी हुन् । प्रहरीले उनलाई झुण्डिरहेको अवस्थामा मृत फेला पारेको जनाएको छ ।

मोरङकै विराटनगर महानगरपालिका वडा नं ७ का राम एकल साहले पनि आत्महत्या गरेका छन् । उनले आफ्नै कोठामा पासो लगाएर आत्महत्या गरेका हुन् ।

यसैगरी नुवाकोटको लिखु गाउँपालिकाकी शान्ति राई र बदिर्याका करण थारुले पनि आत्महत्या गरेका छन् । दुवै जना पासो लगाएर झुण्डिरहेको अवस्थामा मृत फेला परेका थिए ।