प्रधानमन्त्रीको चिकित्सकमा डा. शैल रूपाखेती नियुक्त
काठमाडाैं । स्टार अस्पतालका कार्यकारी निर्देशक डा. शैल रुपाखेती प्रधानमन्त्रीको निजी चिकित्सकमा नियुक्त भएका छन् ।
गत २४ माघमा बसेको मन्त्रिपरिषद्को बैठकले डा. रुपाखेतीलाई विशिष्ट श्रेणीको सेवासहित मन्त्रिपरिषद्को चिकित्सकमा नियुक्त गरेको हो ।
‘नेपाल सरकार मन्त्रिपरिषदको माघ २४ गतेको निर्णयअनुसार तपाईंलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को (विशिष्ट श्रेणी) चिकित्सक तोकिएको व्यहोरा सहर्ष जानकारी गराउँदछु,’ पत्रमा भनिएको छ ।
प्रधानमन्त्री कार्यालयले गत आइतबार डा. रुपाखेतीलाई नियुक्तिको पत्र दिएको हो ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया