महिला संगठनपछि राप्रविसं पनि कमल थापातिर
काठमाडौं । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट सिंगो राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन कमल थापाको राप्रपा नेपालमा समाहित भएको छ । राप्रमसं केन्द्रीय कार्य समितिको बैठकले सिंगो संगठन नै राप्रपा परित्याग गरी राप्रपा नेपालमा समाहित भएको निर्णय भएको संगठनकी अध्यक्ष ममता राईले बताइन् ।
पार्टीको महाअधिवेशनपछि राप्रपाको नेतृत्वले भातृ संगठनहरूलाई हेर्ने दृष्टिकोणमा फरकपन आएकाले आफूहरूले राप्रपा नेपाल रोज्नुपरेको उनको भनाइ छ ।
यस्तै राप्रपाको भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (राप्रविसं) पनि राप्रपा नेपालमा समाहित भएको छ । राप्रविसंका कार्यवाहक अध्यक्ष शशि भण्डारीले राप्रविसं थापा नेतृत्वको राप्रपा नेपालमा समाहित भएको जानकारी दिए ।
राप्रविसंका जिल्ला समिति, क्याम्पस इकाइ समितिहरूसमेत क्रमिक रुपमा राप्रपा नेपालमा समाहित हुने राप्रविसंमा महासचिव जनक फडेराले दाबी गरे ।
यसअघि राप्रपाको भातृ संगठन पूर्वप्रहरी परिषद् पनि थापा अध्यक्ष रहेको राप्रपा नेपालमा समाहित भइसकेको छ ।

लिङ्देनका सयभन्दा बढी महिला नेता–कार्यकर्ता थापातिर
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया