स्वास्थ्यमन्त्री खतिवडामाथि एमालेको काउण्टर विज्ञप्ति, खोप नं 4120 Z004 कसले लगायो ?
काठमाडौँ । नेकपा एमालेले तत्कालिन केपी शर्मा ओली सरकारले २४ लाख डोज खोप हराएको सन्दर्भमा स्वास्थ्यमन्त्री विरोध खतिवडाले दिएको अभिव्यक्तिमा आपत्ती जनाएको छ । एमालेले गलत सुचना दिने स्वास्थ्य मन्त्री खतिवडाको राजीनामा समेत माग गरेको छ ।
नेपाल भित्रिएकोमध्ये २४ लाख डोज खोपको विवरण नभेटेको सन्दर्भमा एक टेलिभिजनलाई अन्तरवार्ता दिदै स्वास्थ्यमन्त्री खतिवडाले निशुल्क खोप प्राप्त गर्न नसक्दा ५ हजार रुपैयाँ तिरेर खोप लगाउनु परेको बताएका थिए ।
उनले अन्तरवार्तामा ओली सरकारको पालामा खोपको दुरुपयोग भएको पुष्टि गर्न त्यस्तो विवरण पेश गरेका थिए ।
उक्त अन्तरवार्तामा मन्त्री खतिवडाले घुमाउरो शैलीमा अघिल्लो सरकारले अनुदानमा ल्याएको खोप निजी क्षेत्रबाट बेचिएको आरोप लगाएका छन् । त्यसको प्रतिवाद गर्दै एमालेका सचिव योगेश भट्टराईले मन्त्री खतिवडाको अभिव्यक्ति झुट भएको बताएका छन् ।
पार्टीको तर्फबाट विज्ञप्ती निकाल्दै सचिव भट्टराईले २०७७ फागुन १९ गते सांसदको हैसियतमा खतिवडाले सिभिल अस्पतालमा पुगेर निशुल्क खोप लगाएको बताएका छन् ।
‘संघीय सांसदहरुलाई निशुल्क खोप उपलब्ध गराएको बेला सिभिल अस्पतालको रजिष्टर ‘ख’ मा क्रं सं. ४८ मा दर्ता गरेर खोप लगाएको विवरण देखाउँदै नेता भट्टराईले भने, ‘उक्त अभिलेखमा ६२ बर्षका खतिवडाले 4120 Z004 को कोभिसिल्ड खोप लगाएको स्पष्ट छ ।
स्वास्थ्य मन्त्री खतिवडाले पूर्ववर्ती सरकारलाई बद्नाम गर्नकै लागि गलत सुचना दिएर संवेदनशिल विषयमा अफवाह फैलाएको भन्दै नेकपा एमालेले आपत्ती जनाएको छ ।
मन्त्री खतिवडाको अभिव्यक्ति निन्दनीय र आपत्तिजनक भएको एमालेले विज्ञप्तीमार्फत भनेको छ ।
यस्तै संवेदनशिल विषयमा स्वास्थ्य मन्त्री खतिवडाले आपत्तीजनक अभिव्यक्ति दिएको भन्दै एमालेले झुटो बोलेवापत नैतिकताको आधारमा राजीनामा दिनसमेत माग गरेको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया