एमसिसीविरुद्ध बुधबार नेपाल बन्द

काठमाडौं । ६ वटा कम्युनिस्ट घटकले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)विरुद्ध बुधबार नेपाल बन्द घोषणा गरेको छ ।
सम्भवत भोलि (बुधबार) एमसिसी संसद्मा टेबल हुने भएकाले त्यसैलाई लक्षित गर्दै विभिन्न साना दल तथा मोर्चाले नेपाल बन्दको आयोजना गरेका हुन् ।
नेपाल आह्वान गर्नेमा नेपाल कम्युनिस्ट पार्टी, देशभक्त गणतान्त्रिक मोर्चा, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल (क्रान्तिकारी माओवादी) र नेकपा माओवादी केन्द्र (समाजवादी) छन् ।
यी दल र संगठनमा मोहन वैद्य, सिपी गजुरेल, विश्वभक्त दुलाल आहुति, ऋषि कट्टेल, गोपाल किरातीजस्ता नेताले नेतृत्व गरेका छन् । नेत्रविक्रम चन्द विप्लवबाट छुट्इिर गएको संगठन पनि यसम समावेश छ ।
एमसिसी राष्ट्रघाती परियोजना भएकाले कुनै पनि हालतमा यो पारित गर्न नहुने ६ घटकको ठहर छ ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया