NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २८ गते

रियलविरुद्ध पिएसजीको रोमाञ्चक जित

काठमाडौं । च्याम्पियन्स लिगको अन्तिम १६ को म्याचमा रियल म्याड्रिडविरुद्ध पिएसजीले रोमाञ्चक जित निकालेको छ । बुधबार बिहान भएकाे खेलमा रियल म्याड्रिडविरुद्ध पिएसजीले अन्तिम समयमा एक शून्य गोलको रोमाञ्चक जित निकालेको हो ।

खेलको ९० मिनेटसम्म बराबरीतर्फ अघि बढेको म्याचकाे ९३ औं मिनेटमा एम्बाप्पेले गोल गरेर महत्वपूर्ण जित दिलाएका हुन् ।
नेयमारको ब्याकहिल पासमा एम्बाप्पले विजयी गोल गरेका हुन् ।

त्यस अघि मेसीले पेनाल्टी मिस गर्दा पिएसजी अग्रता लिनबाट चुकेको थियो ।

तर अन्तिम समयमा पिएसजीले रोमाञ्चक जित निकालेर घरेलु मैदानमा महत्वपूर्ण जित निकाल्यो ।

अब दोस्रो लेग रियलको मैदानमा अर्को महिनामा हुनेछ ।

पिएसजीले २१ सट प्रहार गर्दा ८ अन टार्गेट प्रहार गरेको थियो । तर रियलले तीन प्रहार गर्दा एक सट पनि अन टार्गेट प्रहार गर्न सकेन ।