युक्रेनमा रुसी हमलाको सम्भावना कायमै, आक्रमण भए ठूलो मूल्य चुकाउनु पर्छ : बाइडेन
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनमा अझै रुसी हमलाको सम्भावना कायमै रहेको बताएका छन् । साथै उनले आक्रमण भए ठूलो मानवीय मूल्य चुकाउनुपर्ने चेतावनी दिए ।
रुसले युक्रेनको सीमातर्फ तैनाथ सेना फर्काएर युद्धको मनस्थितिमा नरहेको सन्देश प्रवाह गरिरहेका बेला बाइडनको टिप्पणी आएको हो ।
बाइडनले अहिले पनि युक्रेनतर्फको सीमामा रुसले डेढ लाख सैनिक तैनाथ गरेको बताए । रुसले आक्रमण गरेमा त्यसको दृढतापूर्वक जवाफ दिन अमेरिका तयार रहेको बाइडेनको भनाइ छ ।
रुसले भने आफ्ना केही सैनिक फर्कंने क्रममा रहेको बताएको छ ।
पुटिनले हमलाको योजना बनाइरहेको आरोपको सधैं खण्डन गर्दै आइरहेका छन् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया