माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा माओवादी केन्द्रले अहिले बिहान १० बजेका लागि संसदीय दलको बैठक बोलाएको छ ।
एमसिसी टेबलका निम्ति प्रतिनिधिसभा बैठक आह्वान गरिएको सन्दर्भमा माओवादी केन्द्रले सांसदहरूसँग छलफल गर्न लागेको हो ।
माओवादी केन्द्रका सचेतक देव गुरुङले आज बस्ने बैठकमा पार्टीले खेल्ने भूमिकाबारे निर्क्योल गर्न संसदीय दलको बैठक बोलाइएको बताए ।
नेपाली कांग्रेस जस्ताको तस्तै एमसिसी पास गर्नुपर्ने पक्षमा रहे पनि माओवादी यथास्थितिमा गर्न नहुने अडानमा छ । त्यसैले संसदमा उसले निर्वाह गर्ने भूमिकालाई चासोका साथ हेरिएको छ ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया