NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ चैत २९ गते

एमालेले आज बस्ने संसद बैठक पनि अवरोध जारी राख्ने

काठमाडौं । प्रमुखप्रतिपक्षी दल नेकपा एमालेले आज दिउँसो बस्ने प्रतिनिधिसभाको बैठकमा पनि अवरोध जारी राख्ने भएको छ ।

आफुले राखिएको मागको सम्बन्धमा सभामुख अग्निप्रसाद सापकोटाले वेवास्दा गर्दै आएको भन्दै बुधबार दिउँसो १ बजे बस्ने बैठकमा अवरोध जारी राख्ने भएको हो । त्यस्तै सभामुखले अहिले ११ बजे बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि सहभागि नहुने बताएको छ ।

‘एमाले प्रमुख सचेतक विशाल भट्टराईले हामीले कारवाही गरेको १४ जना सांसदलाई कारवाही नगरेसम्म सभामुखले बोलाएको कुनै बैठकमा पनि सहभागी हुँदैनौं’, उनले भने, ‘कि त उहाँले राजिनमा दिनुपर्छ कि त १४ सांसदलाई कारवाही गर्नुपर्छ ।’

एमसिसी टेबुल गर्ने सम्बन्धमा सरकारपक्षसँग बहुमत भएकाले एमालेको भूमिका आवश्यक नपर्ने बताए । ‘सत्तागठबन्धनसँग एमसिसी अनुमोदन गर्ने आवश्यक बहुमत पुग्छ । हाम्रो आवश्यक पर्दैन । यदि संसदमा टेबुल भएको खण्डमा आवश्यकता अनुसार एमालेले निर्णय लिन्छ’, उनले भने ।

प्रधानन्यायाधीशमाथिको महाभियोग चुनाव नगर्ने सरकारको नियोजित षड्यन्त्र भएकाले त्यसको उपयुक्त समयमा जवाफ दिने बताए । एमालेको काउन्टर एट्याक कस्तो हुन्छ भन्ने प्रश्नमा उनले केही बताउन चाहेनन् ।