महिला फुटबल लिगको पहिलो चरण चितवनमा
चितवन । राष्ट्रिय महिला फुटबल लिगको दोस्रो संस्करणका पहिलो चरणका खेल भरतपुरमा हुने भएको छ । भरतपुर महानगरपालिका भित्रका दुई खेल मैदानमा यही फागुन १० गतेदेखि खेल हुने भएको हो ।
लिगको पहिलो चरणको खेल सञ्चालनका लागि भरतपुर महानगरपालिका र अखिल नेपाल फुटबल सङ्घ (एन्फा) बीच सम्झौता भएको छ । सम्झौतापत्रमा महानगर प्रमुख रेनु दाहाल र एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले हस्ताक्षर गरेका छन् ।
महानगर प्रमुख दाहालले राष्ट्रिय महिला लिग भरतपुरमा आयोजना गर्न पाउनु गर्वको विषय भएको बताए । एन्फा अध्यक्ष शेर्पाले भरतपुर देशकै मध्यभागमा रहेकाले राष्ट्रिय महिला लिगको पहिलो चरणका खेल यहाँ आयोजना गर्न लागिएको बताए ।
सम्झौताअनुसार लिग सञ्चालनका लागि महानगरले एन्फालाई रु २० लाख आर्थिक सहयोग उपलब्ध गराउनेछ । राष्ट्रिय महिला लिगको दोस्रो चरणको खेल भने विराटनगरमा हुनेछ । लिगका ५६ मध्ये २८ खेल चितवनमा हुनेछ । खेल भरतपुर महानगरपालिका वडा नम्बर ७ स्थित कृष्णपुर खेल मैदान र वडा नं १९ को खेल मैदानमा हुनेछ । केही दिनभित्रै खेल तालिका सार्वजनिक गरिनेछ ।
यसपटक महिला लिगमा तीन विभागीय टोली नेपाल प्रहरी क्लब, त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बल (एपिएफ) सहित, वालिङ, विराटनगर, चपुर, धनगढी र ललितपुर भिड्नेछन् । यसअघि पहिलो संस्करणको महिला लिग काठमाडौंमा भएको थियो ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया